मध्यपूर्व तनाव : अमेरिकाद्वारा इरानमाथि लगातार दसौं दिन आक्रमण
nepalviews.com · Tue Jul 21 02:24:52 GMT 2026

वासिङ्टन । अमेरिकाले इरानमाथि लगातार दसौं रात पनि भीषण आक्रमण जारी राखेको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार इरानका प्रमुख स्थानहरू सिरिक, बन्दर अब्बास, केश्म टापु र इस्फाहानमा ठूला विस्फोटहरू भएका छन्। अमेरिकी अधिकारीहरूले आफ्ना सैनिकहरूमाथि भएको क्षतिको बदला लिने चेतावनी दिएसँगै इरानले पनि यस क्षेत्रभरि रहेका अमेरिकी अखडाहरूमाथि आक्रमण गरेको दाबी गरेको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि दुई देशबीचको तनाव युद्धको नजिक पुगेको छ।
Read full story at source (nepalviews.com)