पहिरोको जोखिममा शहीद मार्ग
onlinekhabar.com · Tue Jul 21 02:23:01 GMT 2026

५ साउन, रोल्पा । दाङको घोराहीदेखि रोल्पाको होलेरी,दार्बोट,थबाङ हुँदै रुकुमको मैकोटसम्म जोडिएको शहीदमार्ग समयमै स्तरोन्नति र व्यवस्थित नहुँदा नागरिकले सास्ती भोग्न बाध्य भएका छन् । रोल्पा र रुकुमका नागरिकले हिउँदको समयमा धुलाम्य र बर्खामा हिलाम्य सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
बर्खा सुरु भएसँगै यतिबेला शहीद मार्ग पहिरोको जोखिम रहेको छ । बर्खाको समयमा शहिदमार्गअन्तर्गत परिवर्तन गाउँपालिका-१ कुरेलीको लितुङ,खोलाबाङ र लिक्याङ खरिबोट खण्डमा धेरैपटक पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय प्रवीणकुमार बुढा मगरले जानकारी दिए । बुढा मगरका अनुसार उक्त स्थान पहिरोको उच्च जोखिम रहेको छ ।
Read full story at source (onlinekhabar.com)