रुखबाट लडेर घाइते बालिकाको उपचारका क्रममा मृत्यु
barnanmedia.com · Sun Jun 28 04:47:10 GMT 2026

रुखबाट लडेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारको क्रममा सनिधन भएको छ । रुखबाट लडेर गम्भीर घाइते हुनुभएको खप्तड छेडेदह गाउँपालिका–३ की प्रिन्सा रावतको अछामस्थित बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
शनिबार बिहान घर नजिकै टिमिलाको घाँस काट्ने क्रममा रुखबाट लडेर रावत गम्भीर घाइते हुनुभएको थियो । घाइते रावतलाई तत्काल उपचारका लागि अछामस्थित बयालपाटा अस्पताल लगिएकोमा उपचारकै क्रममा उहाँको मृत्यु भएको बुवा आईते रावतले बताउनुभयो।
Read full story at source (barnanmedia.com)