चारतारे होटलको मेनुमा नेपाली मौलिक पेय ‘मही’
arthadabali.com · Sun Jun 28 05:08:57 GMT 2026

काठमाडौं / नेपाली मौलिक पेय पदार्थ मही अब चारतारे होटलको मेनुमा पनि समावेश भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा होलिडे इन एक्सप्रेस होटल, नक्सालका सञ्चालक नरेशलाल श्रेष्ठले आफ्नो प्रतिबद्धता पूरा गर्दै आइतबारदेखि होटलमा बस्ने स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गर्दै होटलको मेनुमा महीलाई पनि समावेश गरेका हुन् ।
नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दही–चिउरा प्रवद्र्धन तथा उपभोग कार्यक्रममा श्रेष्ठले स्टार होटलहरूमा पनि मही उपलब्ध गराउने प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता कार्यान्वयन भएपछि एसोसिएसनले उनको पहलको स्वागत गर्दै धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
Read full story at source (arthadabali.com)