प्रधानमन्त्रीसँगको भेटमा विवादास्पद व्यवसायी सहभागी, वित्तिय अपराधमा मुछिएका व्यवसायीसँग अन्तरक्रिया
ajakoartha.com · Tue Jul 21 04:15:00 GMT 2026

काठमाडौैं– प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार पुँजीबजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग छलफल गरेका छन्। आर्थिक सुशासन, वित्तीय अनुशासन तथा पुँजीबजार सुधारका विषयमा सुझाव संकलन गर्ने उद्देश्यले आयोजित उक्त छलफलमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), ब्रोकर कम्पनी तथा बीमा क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
छलफलमा धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रमुख लगानीकर्ता सन्दीप जलान, नेप्सेका पूर्वअध्यक्ष सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रियराज रेग्मी तथा अम्बिका प्रसाद पौडेललगायत सहभागी थिए।
Read full story at source (ajakoartha.com)