जनकपुर रिफाइनरीले तिरेन ५० लाख, माग्न जाँदा सञ्चालकले धम्क्याएर छिर्न नदिएको आरोप
nepalpress.com · Tue Jul 21 04:19:48 GMT 2026

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७ स्थित जनकपुर रिफाइनरीले स्थानीय व्यापारीसँग खरिद गरेको कच्चा पदार्थको लाखौँ रुपैयाँ भुक्तानी नदिएको पाइएको छ । कम्पनीले करिब एक वर्षको अवधिमा लाखौँको कारोबार गरे पनि आपूर्तिकर्तालाई भुक्तानी नगरी उल्टै कम्पनीभित्र प्रवेश गर्नसमेत रोक लगाएको आरोप पीडित पक्षको छ। रिफाइनरीका सञ्चालक विनित अग्रवाल र पत्नी रइसा अग्रवालले व्यवसायीलाई धम्काएको स्थानीय व्यापारी रामजीवन प्रसाद गुप्ताले बताए ।
क्षिरेश्वरनाथ नगरपालिका–४ स्थित रोशन भूसा खरिद बिक्री केन्द्रका सञ्चालक गुप्ताले २०८२ साउनदेखि २०८३ असारसम्म जनकपुर रिफाइनरी कम्पनीलाई निरन्तर भूसा आपूर्ति गरे। तर कारोबार सकिएपछि करिब ५० लाख रुपैयाँ भुक्तानी नगरी जनकपुर रिफाइनरीका सञ्चालकहरुले आलटाल गरी बक्यौता रकम नदिएको बताए ।
Read full story at source (nepalpress.com)