बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
ratopati.com · Tue Jul 21 04:42:37 GMT 2026

काबुल । पूर्वी अफगानिस्तानमा सोमबार परेको भीषण वर्षापछि आएको आकस्मिक बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । यस घटनामा सयभन्दा बढी व्यक्ति बेपत्ता भएको तालिबान सरकारले पुष्टि गरेको हो । नुरिस्तान प्रान्तको राजधानी पारुन सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । शहरका मेयरसमेत बेपत्ता भएका छन् भने ८० भन्दा बढी स्थानीय बासिन्दा घाइते भएका छन् ।
तालिबान अधिकारीहरूले यस घटनाबाट मानवीय तथा आर्थिक दुवै क्षेत्रमा ठुलो क्षति हुने अनुमान गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा घर, पसल तथा नगरपालिकाका भवनहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको देखिन्छ । अफगानिस्तान जलवायु परिवर्तन र प्राकृतिक विपद्को चरम असर झेल्ने विश्वकै सबैभन्दा जोखिमयुक्त देशहरूमध्ये एक हो । यो वर्षेनी आँधी, बाढी तथा खडेरीको चपेटामा पर्ने गरेको छ ।
Read full story at source (ratopati.com)