काठमाडौंमा महिलाले गरिन् आत्मदाह प्रयास
baahrakhari.com · Tue Jul 21 04:42:00 GMT 2026

काठमाडौं । काठमाडौंमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । काठमाडौं महानगरपालिका–६, बौद्ध गेटनजिक २७ वर्षीया सालु गुरुङले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सोमबार (साउन ४) दिउँसो करिब २ः५० बजे आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई उनले आत्मदाहको प्रयास गरेकी हुन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ की गुरुङ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा बस्दै आएकी थिइन् ।
Read full story at source (baahrakhari.com)