मिथिला परम्पराका प्रतीक ज्ञानकुप, विद्याकुप र शतानन्दकुप
nagariknews.nagariknetwork.com · Tue Jul 21 04:40:25 GMT 2026

मिथिलाको धार्मिक, सांस्कृतिक तथा शैक्षिक इतिहाससँग जोडिएको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेका तीन प्राचीन कुप (इनार) यतिबेला पनि स्थानीयवासी, श्रद्धालु तथा अनुसन्धानकर्ताको आकर्षणको केन्द्र बनेका छन्। ज्ञानकुप, विद्याकुप र शतानन्दकुप नामले परिचित यी तीन कुपलाई धार्मिक आस्था, पौराणिक मान्यता तथा लोकविश्वाससँग जोडेर हेरिँदै आएको छ।
जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरसँग निकट सम्बन्ध रहेको सो विद्यालय केवल शैक्षिक संस्था मात्र नभई धार्मिक तथा ऐतिहासिक सम्पदाका रूपमासमेत परिचित छ। विद्यालय परिसरमा रहेका तीनवटै कुपबारे विभिन्न धार्मिक ग्रन्थ, स्थानीय किंवदन्ती तथा जनश्रुति छन्। स्थानीयवासी तथा जानकी मन्दिरका महन्तहरूका अनुसार यी कुपहरूको इतिहास पौराणिक कालसँग जोडिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)