रुसको साखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा ७ जनाको मृत्यु, ९ जना घाइने
abhiyandaily.com
काठमाडौं । रुसको सुदूर पूर्वी सखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिवार बिहान एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य नौ जना घाइते भएका छन् ।
सखालिन क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले उद्धारकर्ताले अझै तीन जनाको खोजी गरिरहेको बताएका छन् ।
स्थानीय सरकारले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार अनुचीत भण्डारण र घरेलु प्राकृतिक ग्यास ट्याङ्कीको प्रयोगले विस्फोट भएको बताएको छ ।
मस्को समयअनुसार बिहान ०५ बजे उक्त विस्फोट भएको र भवनका केही भागमा क्षति पुगेको रुसको सरकारी समाचार एजेन्सी तासले स्थानीय आपतकालीन सेवालाई उद्धृत गर्दै जनाएको छ । रासस/एपी
Read full story at source (abhiyandaily.com)