ठेकेदारको ढिलासुस्ती : दशक बित्दा पनि बनेन सडक
barnanmedia.com · Tue Jul 21 04:40:37 GMT 2026

बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्मको २१ किलोमिटर सडक विस्तार आयोजना सुरु भएको करिब एक दशक बितिसक्दा पनि अझै पूर्ण हुन सकेको छैन । निर्माणको जिम्मा लिएको कम्पनीले सम्झौता अनुसार काम सम्पन्न गर्न नसकेपछि बजेट अभाव, ठेक्काको म्याद समाप्त र कानुनी अलमलका कारण आयोजना थप अन्योलमा परेको छ ।
आयोजनालाई दुई प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको थियो । दक्षिणतर्फको खण्ड सम्पन्न भए पनि उत्तरतर्फको करिब साढे आठ किलोमिटर सडक निर्माण अझै अधुरो छ । यसका कारण बुटवल–लुम्बिनी जोड्ने प्रमुख पर्यटकीय तथा व्यापारिक सडकमा दैनिक आवतजावत गर्ने यात्रु र स्थानीयवासीले बर्सौंदेखि सास्ती खेपिरहेका छन् ।
Read full story at source (barnanmedia.com)