‘कांग्रेस विपी-वादबाट विमुख भयो, नेतृत्वको हठले राष्ट्रियता नै जोखिममा’ : गुरु बराल
kalakarmi.com · Tue Jul 21 05:06:37 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका नेता गुरु बरालले पार्टी अहिले गम्भीर विवाद, अन्योल र अस्थिरताको भुमरीमा फसेको बताएका छन् । उनले पार्टीभित्रको आन्तरिक कलह र विभाजनले प्रजातान्त्रिक व्यवस्था मात्र नभई मुलुकको राष्ट्रियता र सार्वभौमसत्तामाथि नै गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएका हुन् ।
पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेता बरालले विगत ८–१० महिनादेखि कांग्रेसलाई यो संकटबाट निकाल्ने प्रयास भइरहेको जानकारी दिए । ‘नेपाली कांग्रेस विभाजित हुँदा हिजोका दिनमा व्यवस्थामाथि अप्ठ्यारो परेको थियो, तर अहिले त्यो भन्दा विषम परिस्थिति छ’ उनले भने, ‘कांग्रेस विभाजन भएर कमजोर भयो भने राष्ट्रियतामाथि काला बादलहरू मडारिने संकेत देखिँदैछ । त्यसैले नेतृत्व तहबाट पार्टी एक गराउने सही कदमको हामी प्रतीक्षा गरिरहेका छौँ ।’
Read full story at source (kalakarmi.com)