अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण
canadanepal.com · Tue Jul 21 05:09:28 GMT 2026
गण्डकी -गत आवमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा ५ लाख ८ हजार ४७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् ।
तीमध्ये दक्षिण एसियाली मुलुकका ३ लाख ८४ हजार १४५ र अन्य मुलुकका १ लाख २४ हजार ३३१ रहेका छन् । सबैभन्दा बढी ३ लाख ७५ हजार ७९७ भारतीय पर्यटक यहाँ आएका हुन् । दोस्रोमा चिनियाँ १२ हजार ५३९ र तेस्रोमा अमेरिकाका ९ हजार ८८४ पर्यटक यहाँ आएका हुन् ।
Read full story at source (canadanepal.com)