विश्वकप फाइनलको पीडामा मेस्सी, भने ‘यो घाउ निको हुन समय लाग्नेछ’
aarthiknews.com
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले २०२६ फिफा विश्वकप फाइनलमा पराजयपछि आफ्नो पीडा व्यक्त गर्दै यो घाउ निको हुन समय लाग्ने बताएका छन् । स्पेनसँग फाइनलमा हार व्यहोरेपछि मैदानमै भावुक बनेका मेस्सीले सामाजिक सञ्जालमार्फत समर्थकलाई धन्यवाद दिँदै विश्वकप यात्राका अविस्मरणीय क्षण सम्झिएका हुन् ।
न्यु जर्सीको इस्ट रदरफोर्डमा आइतबार सम्पन्न फाइनलपछि इन्स्टाग्राममा रजत पदकसहितको तस्वीर सार्वजनिक गर्दै मेस्सीले लेखेका छन्, “यो पीडा निकै ठूलो छ र यो घाउ निको हुन समय लाग्नेछ। तर हामीले सम्पूर्ण शक्ति लगाएर जितेका खेलहरू, कठिन अवस्थाबाट फर्किएका क्षणहरू र सधैं स्मरणीय रहने सम्झनाहरूलाई पनि सँगै बोकेको छु।”
Read full story at source (aarthiknews.com)