प्राधिकरणले भन्यो- हिजो बाढी सिर्जना भएकै स्थानमा नदी थुनिएर बनेको छ ताल, फुट्ने जोखिम
nepalpress.com · Thu Aug 27 11:27:13 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा फेरि अर्को ठुलो बाढी आउन सक्ने भन्दै सरकारी निकायले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । चीनतर्फ नदी थुनिएर बनेको ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम देखिएको भन्दै तटीय क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाले शुक्रवार साँझ एक विशेष सूचना जारी गर्दै भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।
Read full story at source (nepalpress.com)