सरकारले ल्यायो 'बिल लिऔं, पैसा जितौं' योजना, दैनिक नगद उपहारदेखि १० लाखसम्म जित्ने मौका
barnanmedia.com · Tue Jul 21 05:18:08 GMT 2026

काठमाडौं: सरकारले वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले अनिवार्य रूपमा बिजक (बिल) लिने संस्कृतिको विकास, कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको छ।
अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले दिएको अधिकार प्रयोग गर्दै कार्यविधि स्वीकृत गरेको जनाएको छ। कार्यविधिअनुसार स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको अधीनमा रही आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्नेछ। आवश्यक परे विभागले कार्यक्रम व्यवस्थापनका लागि इभेन्ट अर्गनाइजरसमेत छनोट गर्न सक्ने व्यवस्था गरिएको छ।
Read full story at source (barnanmedia.com)