निलम्बनका कारण नेपालले एएफसी यू–१७ एसियन कप छनोट गुमायो
baahrakhari.com · Thu Aug 27 11:29:32 GMT 2026
काठमाडौं । फिफा निलम्बनका कारण नेपालले आगामी नोभेम्बर ८ देखि २० सम्म हुने एएफसी यू–१७ एसियन कप छनोट गुमाएको छ । बिहीबार एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल समावेश भएन ।
गत असार ११ गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो पाँचौँ प्रतियोगिता हो । यसअघि नेपालले निलम्बनकै कारण साफ च्याम्प्यिनसिप २०२६, यू–२० एसियन कप छनोट, एएफसी च्याम्पियनस लिग (महिला) र यू–१७ एसियन कप छनोट (महिला) गरी चार प्रतियोगिता गुमाएको थियो ।
Read full story at source (baahrakhari.com)