'कबड्डी ४'की अभिनेत्री गौमायाले बेलायतमा गरिन् प्रेमीसँग विवाह
nagariknews.nagariknetwork.com · Tue Jul 21 06:07:18 GMT 2026

अभिनेत्री गौमाया गुरुङ प्रेमी दीवससँग वैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनले नजिकका केही साथी तथा प्रियजनहरूको उपस्थितिमा बेलायतमा पारम्परिक सांस्कृतिक अनुसार विवाह गरेकी हुन्।
सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै उनले विवाहबारे जानकारी गराएकी हुन्। उनी हालै प्रदर्शनमा आएको चलचित्र ‘सेफ अफ मोमो’ मा देखिएकी थिइन् भने ‘कबड्डी ४’, ‘महाभोज’, ‘रमिताका पिरती’ र ‘रीमै’ जस्ता चलचित्रमा उनले काम गरिसकेकी छिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)