निर्वाचन आयोगका प्रस्तावित आयुक्त र प्रमुख आयुक्तको प्रस्तुतीकरण साउन १२ र १३ गते
onlinekhabar.com · Tue Jul 21 06:15:11 GMT 2026

५ साउन, काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरुको संसदीय सुनवाइ आगामी १२ र १३ गते हुने भएको छ ।
समितिको आजको बैठकले १२ गते प्रस्तावित दुई जना आयुक्तहरुको र १३ गते प्रस्तावित प्रमुख आयुक्तलाई प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको छ । यो जानकारी समिति सभापति वोधनारायण श्रेष्ठले दिएका हुन् । दुवै बैठक बिहान ११:१५ बजे बोलाइएको छ ।
Read full story at source (onlinekhabar.com)