कीर्तिपुरमा कारमा एक्कासि भीषण आगलागी, सिट बेल्टका कारण बच्न सकेनन् चालक
kalakarmi.com · Tue Jul 21 06:53:37 GMT 2026

काठमाडौं- राजधानीको कीर्तिपुर नगरपालिका–ट्याङ्लाफाँट क्षेत्रमा मंगलबार बिहान गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। घटनापछि केहीबेर उक्त क्षेत्रमा त्रासपूर्ण अवस्था सिर्जना भएको थियो भने स्थानीय र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिन तत्काल प्रयास गरेका थिए।
प्रहरीका अनुसार चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कार सडकमा गुडिरहेका बेला एक्कासि आगो सल्किएको थियो। आगो तीव्र रूपमा फैलिएका कारण चालकले समयमै गाडीबाट बाहिर निस्कने अवसर नपाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
Read full story at source (kalakarmi.com)