लक्ष्मी सनराइज बैंक, काम्दी सामुदायिक वन समन्वय समिति र डब्ल्यूडब्ल्यूएफ नेपालबीच सहकार्य
setopati.com · Tue Jul 21 07:05:36 GMT 2026

वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतिहरूको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान द गोल इज ग्रिन कार्यान्वयनका लागि डब्ल्यूडब्ल्यूएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ।
यस अभियान अन्तर्गत फिफा वर्ल्डकप २०२६ का सम्पूर्ण खेलमा हुने प्रत्येक गोल बराबर एक वटा रूख रोप्ने प्रतिबद्धता बैंकले गरेको थियो। विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै बैंकले नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको हो।
Read full story at source (setopati.com)