नेको इन्स्योरेन्सद्वारा १२ लाख कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया सुरु
ajakoartha.com · Tue Jul 21 07:19:00 GMT 2026

काठमाडौं- नेको इन्स्योरेन्स लिमिटेडले १२ लाख कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको छ। कम्पनीले सोमबार सूचना प्रकाशित गर्दै विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकताका आधारमा उक्त सेयर खरिदका लागि आवेदन दिन आग्रह गरेको हो।
कम्पनीका अनुसार एक संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न इच्छा व्यक्त गरेपछि सञ्चालक समितिको २०८३ असार ३१ गते बसेको बैठकले बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
Read full story at source (ajakoartha.com)