नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
ratopati.com · Tue Jul 21 07:28:22 GMT 2026

काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीबिच आज काठमाडौँमा क्षमता विकास, विद्यार्थी संलग्नता, विज्ञसूची, प्रतिष्ठानको अध्ययनहरूका लागि क्षेत्रीय आउटपोस्टको अवधारणालगायतका विषयमा छलफल भएको छ ।
छलफलमा प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराई तथा वरिष्ठ अनुसन्धानकर्ता, डा दीपककुमार खड्का, डा मोहनकुमार शर्मा, डा खगनाथ अधिकारी, डा हरि शर्मा न्यौपाने, र डा कल्पना खनाल तथा मध्यपश्चिम विश्वविद्यालयका अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक तथा नीति प्रयोगशालाका संयोजक डा यदुप्रसाद ज्ञवाली र फ्याकल्टी मेम्बर एवं पीएचडी स्कलर लोकबहादुर ओली सहभागी थिए ।
Read full story at source (ratopati.com)