परराष्ट्रमन्त्री खनालको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त
shilapatra.com · Tue Jul 21 07:34:00 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालको स्वकीय सचिवालयमा प्रेस सल्लाहकार पदमा जगदीश्वर पाण्डे नियुक्त भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार २ वैशाख २०८३ को मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार मन्त्री खनालले नुवाकोटको तादी गाउँपालिका– ४ निवासी पाण्डेलाई नेपाल सरकार विशिष्ट श्रेणीसरहको प्रेस सल्लाहकार पदमा नियुक्त गरेका थिए ।