प्रमुख निर्वाचन आयुक्त र आयुक्तको संसदीय सुनुवाइ साउन १२ र १३ गते
annapurnapost.com · Tue Jul 21 07:49:10 GMT 2026

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ यहि साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ साउन १२ गते र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरिएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।
Read full story at source (annapurnapost.com)