२ करोड लगानीमा एलिनाले थालिन् पहिरन, श्रृंगारसम्बन्धी व्यवसाय
onlinekhabar.com · Tue Jul 21 08:01:38 GMT 2026

काठमाडौं । गायिका एलिना चौहानले पहिरन र श्रृंगारसम्बन्धी व्यवसाय थालेकी छन् । मध्यबानेश्वरमा खोलिएको यो आउलेटको उद्घाटन सोमबार गरिएको छ । महिला विशेष फेसन स्टोर ‘रमणी बाइ एलिना’मा दुई करोड रुपैयाँ लगानी गरेको एलिनाले जनाएकी छन् ।
स्टोरमा साडी, कुर्ता, लेहेँगा, चप्पल, ब्याग, चुरा, गहना तथा अन्य श्रृंगारका सामग्री उपलब्ध छन् । ‘महिलालाई चाहिने अधिकांश सामग्री यहाँ पाइन्छ । हामीले फेन्सीभन्दा पनि ट्रेडिसनल सामानलाई प्राथमिकता दिएका छौं,’ एलिनाले भनिन् ।
Read full story at source (onlinekhabar.com)