प्रतिस्पर्धात्मक खेलमा अस्ट्रियासँग हार्यो पोल्यान्ड
ratopati.com · Fri Jun 21 17:57:00 UTC 2024
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणअन्तर्गत शुक्रबार राति खेलिएको खेलमा अस्ट्रियाले पोल्यान्डमाथि ३–१ गोलको सजिलो जित हात पारेको छ । खेल सुरु भएको नवौँ मिनेटमै अस्ट्रियाका लागि गेरनट ट्राउनरले पहिलो गोल गरेका थिए ।
निर्धारित समयको ३०औँ मिनेटमा पोल्यान्डका क्रिस्तोफ पितेकले जवाफी गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि खेलको दोस्रो हाफमा अस्ट्रियाले दुई गोल थप्यो ।
Read full story at source (ratopati.com)