विश्वकप लिग २ मा नामिबियाविरुद्ध बलिङ गर्दै नेपाल, यसरी हेर्नुहोस् लाइभ
techpana.com · Tue Jul 21 08:54:06 GMT 2026
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले नामिबियाको सामना गर्दैछ । नेदरल्यान्ड्सको युट्रेक्टमा हुने यस ट्राई-सिरिजको उद्घाटन खेल नेपाली समयअनुसार आज दिउँसो २ः४५ बजे सुरु हुनेछ । टस हारेर नेपालले बलिङको निम्तो पाएको छ ।
नेदरल्यान्ड्स, नेपाल र नामिबिया सम्मिलित यो शृङ्खला २०२७ को एकदिवसीय विश्वकप छनोटका लागि निकै निर्णायक मानिएको छ । हालको अंक तालिकाअनुसार नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ भने नामिबिया २२ अंकका साथ सातौँ स्थानमा रहेको छ ।
Read full story at source (techpana.com)