पिकअप एक सय ५० मिटर तल खस्दा चालकको मृत्यु
hamrakura.com · Sun Jun 28 00:00:00 GMT 2026
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ घाराखोल्सास्थित कुलेखानी-दक्षिणकाली सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ५५९९ नम्बरको खाली पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
Read full story at source (hamrakura.com)