लक्ष्मी सन्राइज बैंक, काम्दी सामुदायिक वन र डब्ल्यूडब्ल्यूएफबीच सहकार्य
baahrakhari.com · Tue Jul 21 09:40:58 GMT 2026

काठमाडौं । लक्ष्मी सन्राइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘दि गोल इज ग्रीन’ कार्यान्वयनका निम्ति डब्ल्यूडब्ल्यूएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउन यस्तो सहकार्य गरिएको हो ।
यो अभियानअन्तर्गत फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलमा हुने प्रत्येक गोलबराबर एउटा बिरुवा रोप्ने प्रतिबद्धता बैंकले गरेको थियो । विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै बैंकले नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको हो ।
Read full story at source (baahrakhari.com)