अमेरिकी करप्रति क्यानाडाको आपत्ति, प्रधानमन्त्री कार्नीले भने- ‘आवश्यक कदम चाल्छौँ’
kendrabindu.com · Tue Jul 21 09:51:24 GMT 2026
ओटावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डेयरी, मादक पेय पदार्थ र मोटर सवारीसँग सम्बन्धित केही क्यानाडाली वस्तुमा थप ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले त्यसको कडा विरोध गरेका छन्।
उनले उक्त कदमलाई क्यानाडा–अमेरिका–मेक्सिको स्वतन्त्र व्यापार सम्झौता (सियुएसएमए) को उल्लङ्घन भएको बताउँदै क्यानाडाले आफ्ना कामदार, किसान, व्यवसाय र परिवारको हित संरक्षण गर्न आवश्यक सबै कदम चाल्ने स्पष्ट पारेका छन्।
Read full story at source (kendrabindu.com)