झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
ratopati.com · Tue Jul 21 10:12:09 GMT 2026

झापा। झापाका विभिन्न विद्यालय तथा क्याम्पसका २०० विद्यार्थीलाई लक्षित गर्दै विपद् व्यवस्थापन तथा सर्पदंश रोकथामसम्बन्धी प्रदर्शन एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय झापाली समाजको सहयोग तथा एनसिसी अलुम्नी एसोसिएसन झापाको समन्वयमा चारआलीस्थित अरिदमन गण ब्यारेकमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेपाली सेना तथा एनसिसी अलुम्नी एसोसिएसनका प्रतिनिधिहरूले विपद् व्यवस्थापन र सर्पदंश रोकथामका विषयमा सैद्धान्तिक जानकारीसँगै व्यावहारिक प्रदर्शन गरेका थिए। विपद्को समयमा अपनाउनुपर्ने सुरक्षा सावधानी, उद्धारका आधारभूत उपाय तथा सर्पले टोकेको अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारबारे विद्यार्थीहरूलाई विस्तृत रूपमा प्रशिक्षण दिइएको थियो।
Read full story at source (ratopati.com)