तयारी पोसाक उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ तत्काल गठन गर्न निर्देशन
kalakarmi.com · Tue Jul 21 10:14:54 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमै उत्पादन हुने कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
उनले तयारी पोसाक उद्योगको उत्पादन, विस्तार तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सबै प्रकारको सहजीकरण गर्न तयार रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योग क्षेत्रले उठाएका अधिकांश मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै सम्बन्धित मन्त्रालयलाई तत्काल आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिए।
Read full story at source (kalakarmi.com)