प्रोलिङ्कका यूपीएस, एभीआर, ब्याट्री बैंक र सोलार हाइब्रिड इन्भर्टर नेपाली बजारमा
techpana.com · Tue Jul 21 10:17:04 GMT 2026

काठमाडौं । प्रोलिङ्क (Prolink) ब्रान्डले आफ्ना विभिन्न मोडेलका यूपीएस तथा पावर ब्याकअप उत्पादनहरू नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि प्रोलिङ्कको आधिकारिक वितरक म्याक्स इन्टरनेसनलले यी पावर प्रोटेक्सन र ब्याकअप समाधानहरू बिक्री-वितरण सुरु गरेको हो ।
कम्पनीका अनुसार नेपाली ग्राहकका लागि प्रोलिङ्कका लाइन-इन्टरएक्टिभ (Line-Interactive) यूपीएस, अनलाइन (Online) यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर (AVR) र सर्भो एभीआर (Servo AVR) उपलब्ध भएका छन् ।