झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
barnanmedia.com · Tue Jul 21 10:28:02 GMT 2026

झापाका विभिन्न विद्यालय तथा क्याम्पसका २०० विद्यार्थीलाई लक्षित गर्दै विपद् व्यवस्थापन तथा सर्पदंश रोकथामसम्बन्धी प्रदर्शन एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । अन्तरराष्ट्रिय झापाली समाजको सहयोग तथा एनसिसी अलुम्नी एसोसिएसन झापाको समन्वयमा चारआलीस्थित अरिदमन गण ब्यारेकमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाली सेना तथा एनसिसी अलुम्नी एसोसिएसनका प्रतिनिधिहरूले विपद् व्यवस्थापन र सर्पदंश रोकथामका विषयमा सैद्धान्तिक जानकारीसँगै व्यावहारिक प्रदर्शन गरेका थिए । विपद्को समयमा अपनाउनुपर्ने सुरक्षा सावधानी, उद्धारका आधारभूत उपाय तथा सर्पले टोकेको अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारबारे विद्यार्थीहरूलाई विस्तृत रूपमा प्रशिक्षण दिइएको थियो ।
Read full story at source (barnanmedia.com)