नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
annapurnapost.com · Tue Jul 21 10:32:43 GMT 2026

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट एसयुभि आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय गाडीको रूपमा ल्याइएको इ.मास ५ ले एक नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभिको विकल्प हो जसले ग्राहकहरूलाई सहरी जीवनशैली र दैनिक यात्रा अनुभवमा नयाँ आयाम थप्छ।
प्रोटोन इ.मास ५ ले हालसालै मलेसियाको प्रतिष्ठित ‘अलायान्ज डिएसएफ भिहेकल अफ द यिअर अवाड्र्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द यिअर २०२६’ को उपाधी हासिल गरी अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको छ। अत्याधुनिक प्रविधि र बौद्धिक (इन्टेलिजेन्ट) डिजाइनको उत्कृष्ट संगम रहेको इ.मास ५ मा ‘वायरलेस एप्पल कारप्ले’ र ‘एन्ड्रोइड अटो’ सुविधासहित १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली रहेको छ।
Read full story at source (annapurnapost.com)