लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकार जाँदैनौँ
ratopati.com · Tue Jul 21 11:07:31 GMT 2026

बुटवल । नेपाली कांग्रेस र नेकपा एमालेबिच प्रदेश तहमा रहेको गठबन्धन भत्किएसँगै लुम्बिनी प्रदेशमा सत्ता समीकरणबारे अन्योल कायमै छ । प्रदेशका तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला केन्द्रबाट आउने निर्देशन पर्खिरहेका छन् ।
केन्द्रको निर्णय मान्ने बताउँदै आएका दलहरूले प्रदेशमा आ–आफ्नै ढंगबाट राजनीतिक छलफल र भेटघाटलाई समेत तीव्रता दिएका छन् । कांग्रेसले एमालेसँगको सत्ता गठबन्धन तोड्ने निर्णय गरेपछि प्रदेश सभामा तेस्रो शक्तिका रूपमा रहेको नेकपाले पनि आफ्नो राजनीतिक सक्रियता बढाएको छ ।
Read full story at source (ratopati.com)