मान्छे होइन, उत्पादन निर्यातबाट मात्रै देश समृद्ध बन्छ : तयारी पोशाक उद्योग संघ
aarthiknews.com

काठमाडौं । तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले नेपालको दिगो आर्थिक विकासका लागि वैदेशिक रोजगारीमा निर्भर हुने होइन, स्वदेशमा उत्पादन बढाएर वस्तु निर्यातलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। सरकारसँग भएको छलफलपछि मंगलबार सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले उत्पादनमूलक उद्योगको विस्तार र निजी क्षेत्रसँगको सहकार्यबाट मात्रै मुलुकको अर्थतन्त्र बलियो बन्न सक्ने धारणा व्यक्त गरे।
उनले वर्तमान सरकारले निजी क्षेत्रप्रति सकारात्मक सोच राखेको अनुभूति भएको बताउँदै निजी क्षेत्रमैत्री नीतिले लगानीको वातावरण सुधार हुने विश्वास व्यक्त गरे। सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण भए उद्योग–व्यवसाय विस्तार हुने र त्यसले रोजगारी सिर्जना तथा निर्यात वृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
Read full story at source (aarthiknews.com)