विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो
kendrabindu.com · Sun Jun 28 05:47:30 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी समूह चरणको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्याएका छन् ।
खेलको ६०औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले ८०औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका हुन् । डी–बक्सभन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई फउल गरेपछि प्राप्त फ्रिकिकलाई उनले सिधै जाली चुमाउँदै अर्जेन्टिनालाई ३–१ को जित दिलाए ।
Read full story at source (kendrabindu.com)