स्कोडा इन्डियाद्वारा स्लाभिया मोन्टे कार्लो एडिसनका लागि दुई नयाँ रंग सार्वजनिक
clickmandu.com · Tue Jul 21 11:40:38 GMT 2026

एजेन्सी । स्कोडा इन्डियाले स्लाभिया मोन्टे कार्लो एडिसनमा दुई नयाँ लिमिटेड–रन (सीमित संख्यामा उपलब्ध हुने) रंगका विकल्पहरू प्रस्तुत गरेको छ ।
यी नयाँ विकल्पहरू सेडानका २०० युनिटहरूमा मात्र उपलब्ध हुनेछन् । यो अपडेट यस मोडेलको मूल्यमा कुनै परिवर्तन नगरी ल्याइएको हो र यसको मूल्य दायरा साबिक बमोजिम १६.६९ लाख भारु (एक्स–शोरुम) बाट सुरु भएर १८.१९ लाख भारु (एक्स–शोरुम) सम्म कायम रहेको छ ।
Read full story at source (clickmandu.com)