सिर्सिया नदी प्रदूषित गर्ने १० उद्योगलाई १०–१० लाख जरिवाना
aarthiknews.com

काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि सरकारले कडा कदम चालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि वातावरणीय मापदण्ड उल्लङ्घन गर्ने १० उद्योगलाई प्रतिउद्योग १० लाख रुपैयाँका दरले जरिवाना गरिएको छ।
सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न करिब एक महिनाअघि मन्त्रालयले सूचना जारी गर्दै सुधारका लागि समय दिएको थियो। तर निर्देशन पालना नगरेपछि वातावरण विभागको प्राविधिक टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत अनुगमन गरी फोहोर पानीको नमुना संकलन गरेको थियो। प्रयोगशाला परीक्षणबाट १० उद्योगले नेपाल सरकारले तोकेको वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
Read full story at source (aarthiknews.com)