बोलबम यात्रुका लागि रामादा बाई विन्धाम इटहरीको विशेष अफर, स्विमिङ पुल र फिटनेस सेन्टरसम्मका सुविधा
arthadabali.com · Tue Jul 21 12:20:34 GMT 2026

काठमाडौँ / रामादा बाई विन्धाम इटहरीले श्रावण महिनामा बोलबम यात्रामा सहभागी हुने भक्तजनका लागि विशेष सहयोग कार्यक्रम सार्वजनिक गरेको छ। हरेक वर्ष बराहक्षेत्र–चतरादेखि धरानस्थित पिण्डेश्वर महादेव मन्दिरसम्म हुने बोलबम यात्रामा सहभागी हुने श्रद्धालुलाई लक्षित गर्दै होटलले विशेष आवास प्याकेज ल्याएको हो।
होटलका अनुसार बोलबम यात्रामा सहभागी भक्तजनलाई सहज र आरामदायी बसाइ उपलब्ध गराउने उद्देश्यले ‘वान नाइट डिलक्स रूम स्टे प्याकेज’ सञ्चालन गरिएको छ। यस प्याकेजअन्तर्गत एक रातको बसाइ, बुफे ब्रेकफास्ट, अतिरिक्त खानामा १५ प्रतिशत छुट तथा स्विमिङ पुल र फिटनेस सेन्टरको सुविधा उपलब्ध हुनेछ। एक जनाका लागि प्याकेज शुल्क ६ हजार ५०० रुपैयाँ तथा दुई जनाका लागि ७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। उक्त शुल्कमा लागू हुने कर भने समावेश गरिएको छैन।
Read full story at source (arthadabali.com)