विश्वकप लिग-२ मा नेपाल नामिबियाविरुद्ध नेपाल सस्तैमा समेटियो, दियो १५८ रनको चुनौती
hamrakura.com · Tue Jul 21 00:00:00 GMT 2026
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले नामिबियासँग कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर ५ बलमा अलआउट हुँदै १५७ रनमै समेटियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ३१, उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३० तथा गुल्सन झाले २० रन बनाए । नेदरल्याण्ड्सको भूमिमा आफ्नो महत्वपूर्ण अभियानको शुरूआत गरेको नेपाललाई सस्तैमा समेट्ने क्रममा जेजे स्मिथ एक्लैले २७ रन खर्चेर ६ विकेट लिए ।
Read full story at source (hamrakura.com)