जहाज आक्रमणबारे भारतको रुससँग विरोध
barnanmedia.com · Tue Jul 21 12:29:18 GMT 2026

युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको मालवाहक जहाजमा भएको क्षेप्यास्त्र आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएपछि भारतले मङ्गलबार रुससँग औपचारिक विरोध जनाएको छ । नयाँदिल्लीले रुसका कार्यवाहक राजदूत भ्लादिमिर लाडानोभलाई विदेश मन्त्रालयमा बोलाएर घटनाप्रति गम्भीर चिन्ता र कडा असन्तुष्टि व्यक्त गरेको हो ।
भारतीय विदेश मन्त्रालयका अनुसार आइतबार व्यावसायिक मालवाहक जहाज एमभी गोल्डेन लियोमाथि भएको आक्रमणमा पाँच भारतीय नागरिक सवार थिए । तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएपछि भारतले घटनाको स्पष्ट शब्दमा निन्दा गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणले अन्तर्राष्ट्रिय समुद्री व्यापारको सुरक्षा, स्थायित्व र निर्बाध सञ्चालनमाथि गम्भीर असर पार्ने उल्लेख गरिएको छ ।
Read full story at source (barnanmedia.com)