अमेरिकी हमलाको जवाफ इरानले किन खाडीमा दिइरहेको छ ? [भिडियो]
shilapatra.com · Tue Jul 21 13:24:00 GMT 2026
इरानको सैन्य क्षमता नष्ट गर्ने र उसको परमाणु रणनीतिको क्षमता सधैँका लागि विनाश गर्ने उद्देश्यसहित अमेरिकाले सुरु गरेको युद्ध अमेरिकाकै लागि घातक बन्न थालेको छ । अमेरिकाले संसारभरका नागरिकलाई सतर्क रहनसमेत सल्लाह दिएको छ, जसले युद्ध नागरिकस्तरमा समेत विस्तार हुने खतरातर्फ संकेत गर्छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प आफैँ पनि इरान युद्धलाई लिएर ठूलो घेराबन्दीमा परिसकेका छन् । इरानसँग युद्धविराम सम्झौता भए पनि त्यसलाई बेवास्ता गर्दै दुवै देश युद्धमा उत्रिएपछि यसको सबैभन्दा ठूलो असर खाडी देशमा परिरहेको छ ।