नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोडभन्दा बढीको हानी, प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
nepalviews.com · Tue Jul 21 14:00:35 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ भाडा खरिदसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
मन्त्रालयले मङ्गलबार प्रतिवेदन दुवै निकायमा पठाउँदै आवश्यक अध्ययन, थप छानबिन तथा कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो । नेपाल टेलिभिजनले सन् २००२ देखि २०२२ सम्म खरिद तथा भाडा सम्झौता गरेका स्याटेलाइट ब्याण्डविथ बारे छानबिन गर्न गठित अध्ययन समितिले २०८३ साउन १ गते सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदन थप प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालय र अख्तियारमा पठाइएको हो ।
Read full story at source (nepalviews.com)