सहिद लखन गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग
ratopati.com · Sat Aug 29 19:32:57 GMT 2026

पोखरा । भोटेकोशी नदीमा आएको बाढीका कारण क्षति भएका सबैजसो पालिकाहरूलाई सरकारले सङ्कटग्रस्त घोषणा गरेको छ । तर, गोरखाको सहिद लखन गाउँपालिकालाई छुटाइएको भन्दै पुनः समावेश गर्न माग गरिएको छ । गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापाले जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र लेखेर सहिद लखन गाउँपालिका पनि बाढीबाट अत्यधिक क्षतिमा परेकोले विपद् सङ्कटग्रस्त क्षेत्रमा समावेश गर्न माग गरेका हुन् ।
‘बाढीका कारण नदी किनारका विभिन्न क्षेत्रहरूमा गम्भीर जोखिम र क्षति उत्पन्न भएको छ,’ उनले भने, ‘पूर्व सूचना तथा सतर्कता अपनाइएका कारण ठुलो मानवीय क्षति हुन नपाए पनि भौतिक संरचना र जनजीवनमा भने गम्भीर असर परेको छ ।’ बाढीमा सहिद लखन गाउँपालिकाका मात्रै ७ जना नागरिकहरू सम्पर्क विहीन बनेका छन् ।
Read full story at source (ratopati.com)