तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो
nagariknews.nagariknetwork.com · Tue Jul 21 14:04:35 GMT 2026

तनहुँको व्यास नगरपालिका-७ कलेस्ती पुलमा भएको बस दुर्घटनामा घाइते हुनेहरूको संख्या १७ पुगेको छ। पछिल्लो विवरण अनुसार थप दुई जना घाइते थपिएका हुन्। दुर्घटनामा परी घाइते भएका सबै १७ जनाको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ।
थपिने घाइतेहरूमा तनहुँ व्यास-६ की ४५ वर्षीया लक्ष्मी शाही र लमजुङ मध्यनेपाल नगरपालिका-९ का ३० वर्षीय श्रीमान बुढा रहेका छन्। उनीहरू दुवैको अवस्था सामान्य रहेको र बायाँ खुट्टा तथा बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)