उस्तै धारका कांग्रेस र रास्वपा सँगै सर्भाइभ गर्न सक्छन् ?
shilapatra.com · Tue Jul 21 14:10:00 GMT 2026

नेपालको राजनीतिमा लामो समय कांग्रेस र कम्युनिस्टको एकाधिकार २१ फागुनको निर्वाचनपछि तोडिएको छ । २०१५ सालयताका हरेक निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीले आलोपालो सत्ता राजनीतिको नेतृत्व गर्दै आए । यो क्रमलाई २०७९ सालमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तोडिदिएको हो । पछिल्लो चुनावमा त रास्वपाले झण्डै दुईतिहाइ मत ल्यायो । रास्वपाको सोही जबर्जस्त उदयले अब नेपालमा पहिलेजस्तै परम्परागत दलको वर्चस्व रहला भन्नेमा संशय देखाएको छ ।
यसअघि कांग्रेस र कम्युनिस्ट पार्टीले आलोपालो सत्ताको नेतृत्व गरे । रास्वपाको प्रवेशले त्यो मानक भत्कियो । मध्यमवर्ग, उदार र सामान्य आमजनमानसमा प्रभाव कांग्रेसको परम्परागत शक्ति हो । तर, पछिल्लोपटक उदाएको रास्वपाको राजनीतिक विचार, सिद्धान्त, नीति र कार्यक्रम कांग्रेससँग बढी मिल्छ । मतदाता, शुभेच्छुकको दायरा पनि कम्युनिस्टभन्दा कांग्रेससँग मिल्दोजुल्दो छ । रास्वपाले आफूलाई दस्तावेजमै ‘सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो’ भनेर चिनाएको छ ।
Read full story at source (shilapatra.com)