‘घाइतेलाई ब्याक गरेर मार्ने प्रवृत्ति अन्त्यका लागि कानुन संशोधन गर्न इन्दिरा रानामगरको माग
ratopati.com · Sun Jun 28 06:13:30 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले सवारी दुर्घटनाका नाममा घाइतेलाई नियतवश गाडी ‘ब्याक’ गरेर मार्ने प्रवृत्ति बढेको भन्दै यस्तो अपराधलाई रोक्न तत्काल कानुन संशोधन गर्न सरकारसँग माग गरेकी छन् । आइतबार संसद्को आकस्मिक समयमा बोल्दै सांसद रानामगरले झापाको बिर्तामोडमा घटेको पछिल्लो हृदयविदारक घटनाप्रति कडा आक्रोश व्यक्त गरिन् ।
रानामगरले झापा क्षेत्र नम्बर २, बिर्तामोड नगरपालिका ३ स्थित अधुवा खोला पुलमा १० वर्षीया बालिका अनुकृति चापागाईँलाई टिपरले ठक्कर दिएको घटनाबारे सदनलाई जानकारी गराइन् । उनले टिपरले सुरुमा ठक्कर दिएर घाइते बनाएपछि चालकले नियतवश गाडी ‘ब्याक’ गरेर बालिकाको हत्या गरेका थिए। ‘यस्तो घटना बारम्बार दोहोरिएको छ, दुर्घटनाको संज्ञा दिएर केस मिलाउने काम भइरहेको छ, यो अत्यन्तै दुःखद र लज्जास्पद विषय हो,’ उनले भनिन् ।
Read full story at source (ratopati.com)